गुल्मी । लुम्विनी प्रदेश स्थापना दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले बिहिवार आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा गुल्मी र पाल्पाका पाँच विद्यालयका विद्यार्थीहरु पुस्कृत भएका छन् ।
“समृद्ध लुम्विनी प्रदेश निर्माणको आधार, शिक्षा क्षेत्रमा ब्यापक सुधार” बिषायक बक्तृत्वकला प्रतियोगितामा पाल्पा र गुल्मी सहित १६ माध्यामिक विद्यालय सहभागि भएकोमा पाँच वटा बिद्यालयका ५ जना विद्यार्थी पुरस्कृत भएका हुन् । भर्चुवल माध्यमबाट गरिएको प्रतियोगितामा १५० पुर्णाङक मा ११० अंक ल्याई पाल्पा देउरालीको आदर्श माविका विद्यार्थी बसन्त भट्राई प्रथम भई १० हजार राशीको नगद पुरस्कारले पुरस्कृत हुने भएका हुन् । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका ३ चौरमा रहेको जनजागृति माविकी दिया थापा ७ हजार ५ सय राशीको दृतिय पुरस्कारले पुरस्कृत भएकी छन् । त्यस्तै गुल्मीकै चन्द्रकोट गाउँपालिका शान्तिुरमा रहेको उदय माध्यामिक विद्यालयका प्रविण सुवेदी तृतिय पुरस्कारबाट पुरस्कृत भएका छन् ।
त्यस्तै गुल्मीकै रेसुङ्गा माविकी गृष्मा पाण्डे र जनज्योति मावि अरेवा गुल्मीका मिलन रायमाझी २ हजार राशीको सन्तवाना पुरस्कारले पुरस्कृत भएका छन् । प्रतियोगितामा लुम्विनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीको प्रमुख आतिथ्यता र शिक्षा विकास निर्देशक मनोज गैरैको बिशेष आतिथ्यता रहेको थियो ।
समाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालको अध्यक्षतमा सम्पन्न प्रतियोगिताको निर्णय मण्डलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा शाखा अधिकृत पुण्य न्यौपाने र तानसेन बहुमुखी क्यापसकी उपप्रध्यापक सकुन्तला घिमिरे रहेकी थिईन् । कार्यक्रमको सहजिकरण त्यस कार्यालयका स्टेम संयोजक रविन्द्र अर्यालले गरेका थिए ।
प्रतिक्रिया