ताजा अपडेट »

प्रदेश ५ को प्रदेश प्रमुखमा धर्मनाथ यादवको नाम सिफारिस

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखको नाम टुङ्गो लगाएको छ । सरकारले नाम टुंगो लगाएपछि अनुमोदनका लागि राष्ट्रपति कार्याल पठाएको छ ।सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकबाट निर्णय भएका नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको हो।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार सोमबार बसेको पार्टी सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने निर्णय हो ।सरकारले पदमुक्त गरेका प्रदेश प्रमुखहरु शेरबहादुर देउवा सरकारका पालामा नियुक्त भएका थिए । सरकारले यसअघि नियुक्त भएका सातै प्रदेश प्रमुखलाई आइतबार हटाएको थियो । नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी राष्ट्रपति कार्यालयमा अनुमोदनका लागि सिफारिस गरिएको छ ।

सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई र प्रदेश गण्डकीमा अमिक शेरचनलाई सिफारिस गरिएको छ । प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।