काठमाडौं । माघ २७ गते । सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालमा ५० प्रतिशत छुटदिने व्यवस्था गरेको छ । सरकारले यस्तो व्यबस्था गरे पछि कुन कुन कुरामा छुट दिने भन्ने विषयमा भने अस्पतालहरुमा एकरुपता नभएको गुनासो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ मा ज्येष्ठ नागरिकलाई सरकारले तोकेका अस्पतालहरुमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।
सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने ५० बेड भन्दा माथिका प्रत्येक संस्थामा ज्येष्ठ नागरिकलाई प्रथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ। सरकारले २४ अस्पतालहरूमा ज्येष्ठ नागरिकलाई निः शुल्क एवं सहुलियतपूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइसकेको छ ।
के छ निर्देशिकामा
ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार सरकाले २४ वटा अस्पताललाई सेवा दिन निर्देशन दिएको हो।
निर्देशिकामा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै ७० माथिका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० माथीकाहरुलाई शतप्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी ८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निः शुल्क हुने व्यवस्था छ। अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ। अस्पताल व्यवस्थापन वा अस्पतालमा रहेको सामाजिक सेवा व्यवस्थापन समितिले नियमति रुपमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको आन्तरिक मूल्यांकन गरी सुधार गर्नुसका साथै कार्यक्रमको वर्षको एक पटक वार्षिक समीक्षा गर्नुपर्नेछ ।
सेवामा सरकारले तोकेको अस्पतालमा नै एक रुपता छैन । सरकारले तोकेका स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिकलाई दिने सेवामा एक रुपता नरहेको ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेल बताउँछन् । उनले भनेज्येष्ठ नागरिकलाई दिने सुविधा अस्पताल अनुसार भिन्न भिन्न रहेका छ। कुनै अस्पतालले वाडमा र कुनैले ओपिडिमा मात्रै छुट दिने गरिएको छ ।’जनशक्तिको अभावले कार्यन्यनको पक्ष प्रभावकारीता हुन नसकेको र सेवामा एकरुपता नभएको डा कँडेलका तर्क छ ।
‘नेपालमा ज्येष्ठ नागरिक विशेषज्ञको न्युन उपलब्धता सेवामा एकरुपता छैन
’,उनले भने अस्पताल अनुसार सेवा पनि फरक/फरक छ, कुनै अस्पतालमा ओपिडिमा छुट छ भने कुनै अस्पतालमा वार्डमा वडा छ ।’सबै अस्पतालमा सेवामा एकरुपता बनाउन डा। रमेश कँडेलको नेतृत्वमा ज्येष्ठ नागरिक सेवा सम्बन्धि मापदण्डा निमार्ण गर्न लागेको डा कडेल जानकारी दिए ।
ज्येष्ठ नागरिक वार्डहरु संचालन भएका अस्पतालका जनशक्तिलाई तालिम दिन सकेमा सेवा प्रभावकारी हुने डा कडेल बताउछन् । स्वास्थ्य सेवा विभागमा मेडिकल अफिसियरलाई जिरियाटिक तालिम दिन कार्यक्रम तयार हुँदै । तालिम दियो भने सम्बन्धित अस्पतालमा सेवा प्रभावकारीले संचालन हुने थियो ।’ उनले भने ।
जेरियाष्ट्रिक स्वास्थ्य सेवा सुरु भएका अस्पतालहरु
प्रदेश १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान,कोशी अस्पताल, विराटनगर,मेची अस्पताल,भद्रपुर, उदयपुर अस्पताल,उदयपुर छन् । मधेष प्रदेशमा नारायणी अस्पताल,वीरगञ्ज,जनकपुर अस्पताल,जनकपुर,गौर अस्पताल, रौतहट,गजेन्द्र नारायण सिंह अस्पताल,सप्तरी छन् ।
बागमती प्रदेश मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल,ललितपुर,आयुर्वेद शिक्षण अस्पताल,कीर्तिपुर,भरतपुर अस्पताल,भरतपुर,वीर अस्पताल, काठमाडौं, हेटौँडा अस्पताल, मकवानपुर,राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा,धौलागिरी अस्पताल, बागलुङ रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा भेरी अस्पताल, नेपालगञ्ज, बाँके,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही,दाङ,लुम्बिनी अस्पताल,बुटवल, रुपन्देही ।कर्णाली प्रदेशमा प्रदेश अस्पताल, सुर्खेत,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्ला रहेका छन् । र सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल,धनगढी,डडेल्धुरा अस्पताल,डडेल्धुरा रहेका छन् । -गोरखापत्र
प्रतिक्रिया