कार्तिक १८,
ग्लोबल आवाज
काठमाडौँ । जम्मू-कश्मीरको श्रीनगरमा सुरक्षाकर्मीलाई निशाना बनाएर ग्रिनेड हमला भएको छ ।सोमाबार श्रीनगरस्थित हरि सिंह स्ट्रिटमा भारतीय सुरक्षाकर्मीलाई निशाना बनाएर ग्रिनेड प्रहार भएको हो ।
कश्मीर प्रहरीका अनुसार सुरक्षाकर्मीलाई लक्षित गरी आतंककारीले फ्याँकेको ग्रिनेड सडकको अर्को छेउमा गएर पड्केको थियो । घाइतेमा हुनेमा सबै सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।ग्रिनेड प्रहारबाट १५ जना गम्भीर घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् । हाल घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जम्मू-कश्मीरमा २ हप्ताअघि समेत सुरक्षाकर्मीलाई लक्षित गरी ग्रिनेड हमला भएको थियो । जम्मू-कश्मीरलाई २ केन्द्र शासित प्रदेशमा विभाजन गरेको ४ दिनपछि सोमबार फेरि सुरक्षाकर्मीमाथि आतंककारी हमला भएको समाचारमा जनाइएको छ । हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।-एजेन्सी
प्रतिक्रिया