कार्तिक १८,
ग्लोबल आवाज
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले प्रदेश प्रमुख चयन गर्दा आफ्नो सिफारिसलाई बेवास्ता गरेको भन्दै असहमति राखेका छन् । नेपाल निकट एक नेताका अनुसार उनले बैठकमा लिखित असहमति नै राखेका छन् ।
सातवटा प्रदेश प्रमुख चयन गर्दा आफ्नो पक्षका एकजना पनि नपरेपछि असहमति राखेका हुने । नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम प्रस्ताव गरेका थिए । ७ जना प्रदेश प्रमुखमा माधव नेपालको सिफारिस लत्याउँदै नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले भागबण्डा गरेको नेपाल पक्षको निष्कर्ष छ । प्रदेश प्रमुखको नाममा सहमति नजुट्दा आइतबार बोलाइएको मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिए । सोमबार पनि नेकपाको सचिवालय बैठक लम्बिएको थियो । प्रदेश प्रमुखमा सिफारिस भएका अमिक शेरचन, शर्मिला त्रिपाठी, तिलक परियार पूर्वमाओवादी समूहका हुन् भने सोमनाथ प्यासी, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाईँ पूर्वएमालेबाट हुन् ।
प्रतिक्रिया