ताजा अपडेट »

नेकपाको सिफारिस लगत्तै सुरु भयो मन्त्रिपरिषद् बैठक

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज

काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिने बताइएको छ ।

बैठकअघि बालुवाटारमै बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेको थियो । नेकपा बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नेकपाले सिफारिस गरेको सातजनालाई प्रदेशको जिम्मेवारी दिनेछ ।