ताजा अपडेट »

नेकपा सचिवालय बैठकद्वारा प्रदेश प्रमुखको नाम सिफारिस

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज
काठमाडौँ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखको नाम टुङ्गो लगाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार सोमबार बसेको पार्टी सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने निर्णय हो । पौडेलले कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषदले गर्ने जानकारी दिए । अब लगत्तै मन्त्रिपरिषद्को बैठक बस्दैछ ।