भारतमा १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । ती ठूलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले अव कोरोनाभाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरुले यसलाई ठूलो उपलब्धीका रुपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्तिसमेतलाई अनुरोध गरेका छन् । भारतमा अहिलेसम्म कुल झण्डै सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरूलाई हस्तान्तरण गरिएको जनाएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो । -एजेन्सी
प्रतिक्रिया