ताजा अपडेट »

रुकुम पूर्वमा हिऊँले देखिएको सुन्दरता (फोटो फिचर) भिडियोसहित

सोमबार, २४ माघ २०७८

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वका डाँडाकाँडा र गाऊँ बस्ती अहिले हिउँले सेताम्य भएकाछन्। देशभरको हिमाली तथा लेकमा हिजो दिनभरजसो भारी हिउँवर्षा भएको थियो। रुकुम पूर्वमा पनि हिऊँको वर्षाले गर्दा यहाँका रमणीय गाऊँबस्तीहरु पहिलेको भन्दा भिन्न अझै सुन्दर देखिएका छन्।

https://youtu.be/IezPFlxg8AU

हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर पनि भएको छ। रुकुम पूर्व देखि बाग्लुङ्ग जोड्ने मध्य पहाडी लोकमार्गका साथै यस जिल्लाका माथिल्लो भेगको शहिदमार्गमा यातायात अवरुद्ध भएका छन्। ता पनि हिउँमा रमाउनेहरूको संख्या उत्तिकै छ।