ताजा अपडेट »

स्कुल पढाउन गएकी शिक्षिकाले आफ्नै बिद्यार्थीसंग अबैध सम्बन्ध राखेपछि…

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज

काठमाडौँ । प्रेमलाई न उमेर ले छेक्छ न जात धर्मले रोक्छ । आज हामीले कुरा गर्न गइरहेको प्रेम सम्बन्ध पनि यस्तै फरक प्रकारको रहेको छ । भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अ’बैध सम्बन्ध रहेको जानकारी सार्वजनिक भएको छ। जानकारी अनुसार ३० वर्षीया अमिता नामकी शिक्षिकाले आफ्नै १९ वर्षीय अमित नामका विद्यार्थीसँग अ’बैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको हो ।

शिक्षिकाको आफ्नै विद्यार्थीसँग अ’बैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएका थिए । सोही कारण उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिकाका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको ह त्या गरिदिइन् । प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको श’व घरभित्र फेला पारे । हात र खुट्टा बाँ’धिएको अवस्थामा थियो, भने टाउकोमा चो’ट निशाना भेटिएको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइअनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् । यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अ’बैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंले जिउ पुछ्ने तौलिया कस्तो छ?

न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको (नुहाएर जिउ पुछेको) तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो।यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण (जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन) हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ। यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र प्रयोग गर्नु ठीक हुन्छ। र त्यो पनि हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा (सुकेको) हुनुपर्छ।’ तौलिया सुख्खा वा धेरै समय चिसो/भिजेको कुरा त्यसबाट आउने गन्धबाट थाहा पाउन सकिन्छ। ‘तौलियाबाट गन्ध आइरहेको छ भने, जहाँबाट गन्ध आउँदै छ, त्यहाँ ‘माइक्रोब्स’ मौलाइरहेका हुन्छन्। त्यसैले तत्काल तौलिया धोइहाल्नुपर्छ,’ टियर्नो भन्छन्। ब्याक्टेरियाले भरिपूर्ण तौलियाले शरीर पुछे तपाईंका शरीरमा ती ब्याक्टेरिया सर्छन्। फलस्वरुप फोहर र संक्रमण सफा गर्न भर्खर तपाईंले नुहाएको सबै बेकार हुन जान्छ।

त्यसमाथि पनि यदि तपाईं तौलिया अरुसँग साझा गरिरहनु भएको छ भने तपाईंको शरीरले नचिनेका जीवाणु र संक्रमण तपाईंमा सर्न सक्छ। टियर्नो भन्छन्, ‘जस्तो कि ‘स्टेफ्नोककस औरस’ले घाउ/डन्डीफोर आउन सक्छ वा संक्रमण हुन सक्छ ।’तर के स्मरण गर्नु आवश्यक छ भने, सबै माइक्रोब्स हानिकारक हुँदैनन्। यथार्थमा तीमध्ये धेरै हानिकारक हुँदैनन् र लामो समयमा केही माइक्रोब्स लाभदायक पनि हुन्छन्।चिकित्सा क्षेत्रमा प्रचलित एउटा मान्यता ‘हाइजिन हाइपोथेसिस’ अनुसार सानो उमेरमा नै केही जीवाणू र केही निश्चित संक्रमण बालबालिकाले सामना गरे मात्र उनीहरूमा रोग प्रतिरोध क्षमता बलियो हुने र भविष्यमा सामान्यखालका संक्रमण सहजै पराजितगर्ने विश्वास गरिन्छ। यसो भन्दैमा गन्हाउने तौलिया कसैलाई पनि मन पर्दैन। खासगरी, त्यस्तो तौलिया जसको गन्धले नै जीवाणूको स्वर्ग भएको संकेत दिइरहेको हुन्छ। -एजेन्सी