ताजा अपडेट »

मंगलबार लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुका गाडी चल्नमा रोक !

सोमबार, २४ माघ २०७८

बुटवल । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि कालो व्यानर र बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

प्रहरीको हस्तक्षेपकोे विरोध गदै अनेरास्ववियूले मंगलबार रुपन्देही जिल्लाभर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र सबै मन्त्री तथा राज्यमन्त्रीहरुका गाडी चल्न रोक लगाउने र २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

‘अनेरास्ववियु रुपन्देहीद्धारा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिको विरुद्ध र संविधानले व्यवस्था गरेको समय सिमाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गर्दै गरिएको कालो व्यानर र बेलुन उडाउने कार्यक्रम अन्तर्गत शान्तिपूर्ण आन्दोलनमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के। सी। को प्रत्यक्ष निर्देशनमा भएको प्रहरी दमनको घोर विरोध गर्दछौ साथै यसको विरोधमा भोली माघ २५ गते १ दिन रुपन्देही जिल्लाभर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र सबै मन्त्री तथा राज्यमन्त्रीहरुका गाडी चल्न रोक लगाउने र दिनको ठिक २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।

सोमबार आन्दोलनका क्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्दही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, जिल्ला सदस्य तथा युटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिर, जिल्ला कमिटी सदस्य गुनबहादुर श्रेष्ठ, बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष गोविन्द रिजाल, सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी अध्यक्ष समिर अधिकारी लगायतका घाइते भएको अनेरास्ववियुले जनाएको छ ।