ताजा अपडेट »

कुदानमा रहेको शिव मन्दिर जीर्ण अवस्थामा (तस्वीरसहित)

सोमबार, २४ माघ २०७८

कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा पुगेको छ । कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तुमा आउँदा आफ्नो मातापिता तथा परिवारसंग भेट गरेको स्थान हो ।

No description available.

मन्दिरलाई हेर्दा संरचना धेरै पुरानो रहेको थाहा हुन्छ । दिनप्रतिदिन मन्दिर जीर्ण बन्दै गएको छ तर यसलाई पुन निर्माण र संरक्षण मा कसै को ध्यान पुगेको छैन । हिन्दु युवा शक्ति कपिलवस्तुको टिम अनुगमनमा गएको बेलामा कुदान क्षेत्र भित्र रहेको शिव मन्दिरको अवस्था जीर्ण रहेको हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेयले बताए । शिव मन्दिर किन जीर्ण बन्दै गएको यश मा किन जनप्रतिनिधि र पदाधिकारी को ध्यान गएको छैन ।

No description available.

पाण्डेयले भने कि कुनै पनि ठाउँमा महजिद, गुम्बा र चर्च यस्तो जीर्ण अवस्थामा छैन होला तर छ भने त्यहा मानिस छैनन् भने मात्र जीर्ण अवस्थामा होला तर जुन ठाउँमा हिन्दु धर्म मन्ने मानिस धेरै रहेको ठाउँमा शिव मन्दिर किन जीर्ण अवस्थामा रहेको छ ।

No description available.
No description available.
No description available.
No description available.