बुटवल । रुपन्देहीको तिलोत्तमामा दक्षिण एसियाकै नयाँ स्केटिङ मैदान निर्माण सुरु भएको छ । फ्रान्स, जर्मन, स्पेन र भारतका खेलाडी तथा संघसंस्थाहरुको सहयोगमा ईन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना गरिएको स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष जागृत पहाडीले बताए ।
निर्माण गरिने यो पार्क दक्षिण यसीयमा बनेका अन्य पार्कभन्दा फरक र विशिष्ट खालेको उनले उनको दाबी छ । तिलोत्तमा वडा नं ४ मा खेल अभियन्ताहरुको सहयोगमा स्ट्रिट स्केट पार्क निर्माण भएको हो । ३ महिनामा पहिलो चरणको ८० प्रतिशत काम सक्दा ४० लाख रुपैया खर्च भएको पहाडीले बताए । प्रशिक्षण केन्द्रका साथै पुस्तकालय, आवाससमेत बनाइने उनले बताए ।
प्रशिक्षकहरु बसेर तालिम दिइने तथा सेफ्टि गियर अनिवार्य रहने उनले बताए । एशियन गेम सभावेश रहेको यो खेलमा नेपालले प्रतिनिधित्व गरेको छ । दक्षिण एशियामा नेपाल पहिलो नम्बरमा रहेको उनले बताए । स्पेनका खेलाडी तथा प्राविधिक ईन्जिनियर ग्याबरियल सोमासन्तोषले यसका लागि सहयोग गरिरहेका छन् । स्केट एडले विश्वभर नै फण्डिङको काम गरिरहेको उनले जानकारी गराए । विगनर सिक्नेका लागि स्केट बोर्ड न्युनतम ४ हजार रुपैयामा पर्छ ।
यसबाहेक सेफ्टि गियरहरु समेत आवश्यक पर्छ । अन्तर्राष्ट्रिय ६० जना बढी भोलिन्टयरहरु लागेर आफूहरु लागेको सोमासन्तोषल बताए । नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने उनले उनको दाबी छ । करिब साढे २ करोडको गुरुयोजना तयार गरेर अघि बढेको यो योजना सफल भएपछि नेपालमै खेलाडी उत्पादन गरी ओलम्पिकमा समेत सहभागिता जनाउने सकिने विश्वास लिइएको छ ।
यो खेलमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडीहरु आवद्ध रहेका छन् । तिलोत्तमामा आगामी २०२३ सम्म स्केट पार्कको स्पूर्ण काम सक्ने गरी योजना अघि बढेको छ ।
प्रतिक्रिया