ताजा अपडेट »

बुटवलमा कार दुर्घटना अपडेट: मृतक र घाइतेको परिचय खुल्यो

सोमबार, २४ माघ २०७८

बुटवल । बुटवलमा सवारी दुर्घटना परी मृत्यु भएका सबैको सनाखत भएको छ । दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। सोमबार विहान बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको लु २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको थियो।