ताजा अपडेट »

माओवादी केन्द्र गुल्मीमा जिम्मेवारी बाँडफाँड

आइतबार, २३ माघ २०७८

गुल्मी । गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीको शनिबारदेखि सुरु भएको बैठक सम्पन्न भएको छ । सो पार्टीका गुल्मी जिल्ला इन्चार्ज सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकल्रे विभिन्न मिर्णय गरेको जिल्ला पार्टी अध्यक्ष बिरबहादुर कार्की (चाहल) जानकारी दिए । उनका अनुसार बैठक आगमी निर्वाचन लक्षित र समाज रुपान्तरण गत्न माओवादि आन्दोलन नयाँ शिराबाट चर्काउनु पर्नेमा बढी केन्द्रित थियो ।

बैठकमा सङ्गठन विभाग प्रमुख बुद्धि जिसिले अधिकांश जनवर्गिय संगठनको अधिवेशन गरिएको जानकारी गराएका थिए । उनले गत निर्वाचनमा भन्दा दोब्बर पार्टी सदस्य बढेको रिपोर्टिङ गरेका थिए । बैठकले साङ्गठानिक जिम्मेवारी बाडफाड समेत गरेको पार्टी अध्यक्ष चाहलले बतए । जस अनुसार संघको निर्वाचन क्षेत्र अन्तरगत गुल्मी क्षेत्र नम्वर १ को संयोजकको जिम्मेवारि नेता युवाराज केसिले पाएका छ्न । क्षेत्र नम्वार २ मा अर्का नेता निमबहादुर पान्डेले संयोजकको जिम्मेवारी पाएका छ्न ।

त्यस्तै क्षेत्र नम्वार १ क प्रदेशमा नेतृ लिला थापा बराल सयोजक बनेकी छ्न । प्रदेश (ख)मा अशोक थापा (मुक्ति) संयोजक भएका छ्न । क्षेत्र नम्बर २ (क) प्रदेशको संयोजक नेता खुम मबहादुर थापा (अशोक)ले संयोजकको जिम्मेवारी पाएका छ्न । उनी नेकपा हुँदा मुसिकोट नगर कमिटिको अध्यक्ष थिए । सोहि क्षेत्रको प्रदेश (ख) मा अर्का नेता बुद्धि जिसिले संयोजकको जिम्मेवारी पाएका छ्न ।

बैठकले फागुन १ गते हरेक पालिका स्तरिय कमिटिले जनयुद्ध दिवस मनाउने निर्णय समेत गरेको छ । बैठकलाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेश सासद तथा पुर्व मन्त्री समेत रहेका नेता बरालले गुल्मीका विभिन्न बिकास योजनाहरु संघ र प्रदेशबाट माओबादी केन्द्रको पहलमा पारिएको तर जनतामा भ्रम छरेर अन्य दलल्ले जस लिन खोजेको प्रती पालिका कमिटी अध्यक्षहरुलाइ त्यो भ्रम चिर्न निर्देशन दिएका थिए ।

सत्तारुढ दलका प्रभाशाली नेता समेत रहेका उनले प्रदेश सरकारले जनजीविकाका सवाल र बिकास निर्माणमा उल्लेख्री प्रगती गरेको दावी समेत गरेका थिए । उनले जनसम्बन्ध सुमधुर बनाउदै जन्ताको हरदु:ख सुखमा साथ दिएर सङ्गठन निर्माणमा जुट्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिएका थिए । बैठक पार्टी अध्यक्ष चाहलको अध्यक्षतामा सम्पन्न भएको थियो ।