कार्तिक १८,
काठमाडौँ । आतंकबादी संगठन इस्लामिक स्टेट आफ्ना कमान्डर अबु बकर अल बगदादीको मृत्युपछि थप आक्रामक बनेको छ। बगदादीको मृत्युपछि इस्लामिक स्टेटले मालीमा सैनिक बममाथि आफ्नो पहिलो निसाना बनाएको छ। पूर्वीअफ्रिकी मुलुक मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार इस्लामिक स्टेटले आक्रमण गरेको थियो।
उक्त आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको थियो। अलजजीराका अनुसार इस्लामिक स्टेटले उक्त घटनाको जिम्मा लिएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन्।इस्लामिक लडाकूहरूले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरू मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ। आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको थियो। नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका थिए। - एजेन्सी
प्रतिक्रिया