बुटवल । नेकपा एमालेका नेता लिला गिरीले संरचना निर्माण नभइ प्रदेश राजधानी दाङमा सार्नु नहुने बताएका छन् । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले रोष्टममा उभिएर राजधानि सार्ने होइन बनाउने भनेको संमरण गर्दै गिरीले नबन्दासम्म राजधानी सार्ने कुरा बेठिक हुने बताए ।
प्रेस चौतारीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता गिरीले भने ‘स्थायी राजधानी तोक्ने बेला मुख्यमन्त्रीले राजधानि सार्ने होइन बनाउने भनेर रोष्टममा उभिएर भनुभएको थियो । बनेको छैन् नबन्दासम्म सार्ने कुरा बेठिक हुन्छ ।’
प्रतिक्रिया