ताजा अपडेट »

तिनाउमा मैत्रिपूर्ण भलिबल प्रतियोगिता, शिवगुफा प्रथम

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,
ग्लोबल आवाज
दोभान । जन–जीवन युथ क्लब तिनाउ–३ ले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिवगुफा युवा क्लब तिनाउ–२ सुकेताल प्रथम भएको छ । त्यसैगरी चर्चरे युवा क्लव तिनाउ–५ द्वितिय र आयोजक जन–जीवन युथ क्लव तिनाउ–३ तृतिय भएका छन्। उनीहरुले क्रमशः नगद २० हजार ,१५ हजार र १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठले युवा क्लबले आफ्नै श्रोत र साधनका आधारमा यस्ता खेलहरु खेलाएकोमा बधाई दिदै मैत्रिपूर्ण प्रतियोगिताले वडाहरुका युवा बीच मैत्रिपूर्ण सम्बन्धको विकास हुने बताए ।

उनले स्थानीय सरकारले युवा समन्वय समिति मार्फत खेलकुद तथा युवा गतिविधि अगाडि बढाइरहेको समेत जानकारी गराए । सो समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडा सदस्य हेम बहादुर दर्लामी,टंक बस्याल,गोकर्ण दर्लामी र हिरा दर्लामीले आ–आफ्नो धारणा राखेका थिए। प्रतियोगितामा ३० समूहको सहभागिता रहेको आयोजकले बताए ।