ताजा अपडेट »

बुटवलको तिनाउ पुलमा सवारी दुर्घटना, ३० वर्षिय युवाको मृत्यु

आइतबार, २३ माघ २०७८

बुटवलमा । बुटवलमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा स्कार्पियोले मोटर साइकलललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले ग्लोबल आवाजलाई जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नम्बरको स्कार्पियोले विपरिततर्फ दिशाबाट आउँदै गरेको लु २४ प २७५७ नम्बरको मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धीखर्क नगरपालिका १ का ३० वर्षिय बासु आचार्यको मृत्यु भएको प्रवक्ता खाँणले बताए । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारको क्रममा रातिनै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।