कार्तिक १७,
ग्लोबल आवाज
काठमाडौं । सातवटै प्रदेशका प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई आइतबार पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी सबै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरु पदमुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरु पदमुक्त भएको जनाएको छ ।
तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियूक्त गरेका प्रदेश १. का डा. गोबिन्दबहादुर तुम्बाहाङ, प्रदेश २.का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३.की अनुराधा कोईराला, गण्डकी प्रदेशका बाबुराम कुँवरर, प्रदेश पाँचका उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल गरी सातै जनालाई पदमुक्त गरिएको छ ।
प्रतिक्रिया