ताजा अपडेट »

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,

ग्लोबल आवाज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन्।

त्रिवि उपकुलपतिमा डा. बाँस्कोटासँगै प्रा.डा. भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिसमा परेका थिए। सरकारले डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिसिकेको छ। डा. बाँस्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि गत जेठमा सकिएको थियो। वरिष्ठ नाक काँन तथा घाँटी रोग विशेषज्ञ डा. बाँस्कोटा काउन्सिलको अध्यक्ष हुँदा चिकित्सा क्षेत्रको उल्लेखनीय सुधार गरेका थिए। बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको १९ उपकुलपति हुनेछन् ।