ताजा अपडेट »

भैरहवा बिमानस्थलको टावरमा समस्या, बिमानस्थल बन्द

शुक्रबार, २१ माघ २०७८

भैरहवा । गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र बिमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि बिमानस्थल बन्द गरिएको हो ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र रन्वेको पापी (पिएपिआइ) लाईट बिग्रेको कारण बिमानस्थल बन्द गरिएको दहालले बताए ।

“समस्या आएको कारण बिमानस्थल बन्द गरिएको छ ।” दहालले भने भोली पापी लाईट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउसो मात्र बिमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।”

बिमानस्थल बन्द भए पछि भैरहवा बिमानस्थलमा रहेका यात्रु र यहा आउने यात्रुहरु प्रभावित भएका छन्।