ताजा अपडेट »

चौरासी पूजाका लागि संकलन गरेको रकम विद्यालयलाई

शुक्रबार, २१ माघ २०७८

बुटवल । पाल्पाको रैनादेवीछहरा गाउपालिका ५ मुझुङका चित्र वहादुर रायमाझीले आफ्नौ चौरासी पुजामा खर्च गर्नेका लागि संकलन गरेको रकम गरिव तथा विपन्न विधार्थीको शिक्षाका लागि प्रदान गरेका छन् ।

आफ्ना छोरा नारायण रायमाझी लगायतले बुवा चित्र वहादुरको चौरासी पुजाका लागि संकलन गरेको एक लाख ५१ हजार रुपैयाँ सोहि स्थानको कालिका माबिका विपन्न विद्यार्थीका लागि अक्षयकोष निमार्णर्थ प्रदान गरिएको हो । कक्षा १ देखि १० कक्षा सम्म पढ्ने विपन्न विद्यार्थीहरुलाई प्रतेक वर्ष छात्रावृर्ति दिने गरि विद्यालयसंग सम्झौता गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक सर्वर्ण अर्घालीलाई एक समारोहका विच सो रकम स्यमं चित्र वहादुर रायमाझीले हस्तान्तरण गरे । आर्थिक अभावका कारण कुनै पनि विपन्न परिवारका विद्यार्थीले पढाई छोड्न नपरोस् भन्ने उदेश्यले कोष स्थापना गरिएको छोरा तथा उक्त अक्षयकोषका संरक्षक नारायण रायमाझीले बताए ।

त्यसैगरि सोहि अवसरमा बुटवलमा बस्ने हर्क वहादुर कार्कीको परिवारले पनि आफ्नो बुवा आमाको स्मृतिमा १ लाख वराबरको अक्षयकोषका लागि रकम प्रदान गरेको विद्यालयले जनाएको छ । झण्डै ३ सय विद्यार्थीले पढ्दै आएको कालिका मावीमा अहिले कक्षा १० सम्म पढन पाढन हुर्दै आएको छ ।