कार्तिक १७,
ग्लोबल आवाज
काठमाडौँ । प्रधानमन्त्रीले आइतबार दोस्रोपटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । उनले आजै बेलुका ५ बजेका लागि दोस्रो बैठक बोलाएका हुन् । सहकारीमन्त्री पद्मा अर्यालले भनिन्, 'बिहानको बैठकमा सबै एजेन्डाहरुमा छलफल भइसकेको छ। बेलुकाको बैठक केका लागि बोलाइएको हो जानकारी दिइएको छैन।' प्रधानमन्त्री ओली बैठक चलिरहेको बेला केही समय शिक्षण अस्पताल गइ स्वास्थ्य परिक्षण गरी फर्किएर पुन: बैठकमा बसेका थिए।
प्रतिक्रिया