ताजा अपडेट »

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

शुक्रबार, २१ माघ २०७८

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । 

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।