ताजा अपडेट »

अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

शुक्रबार, २१ माघ २०७८


दमास्कस ।  उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन् । 

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन् ।

भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हालेका थिए । लगत्तै उनले आत्मघाती बिस्फोट गराएका थिए । -एजेन्सी