ताजा अपडेट »

मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मृत्यु

विहीबार, २० माघ २०७८

काठमाडौँ । मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन्। अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।

क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन्। किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ। प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।-एजेन्सी