ताजा अपडेट »

रुस-युक्रेनबीच युद्धको संभावना खारेज गर्न आग्रह गर्दै शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

विहीबार, २० माघ २०७८

बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गर्दै प्रशर्दन गरेको छ । शान्ति समाजले बिहीबार बुटवलको चौराहामा सो आग्रहसहित प्रदर्शन गरेको हो।

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । आवश्यक दुरी कायम गरि बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।