ताजा अपडेट »

निर्माणाधिन भवनबाट खसेर मजदुरको मृत्यु

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,
बुटवल । दाङमा निर्माणाधिन सिमेन्ट उद्योगको भवनबाट खसेर एक जना कामदारको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-३ मा रहेको सगरमाथा सिमेन्ट उद्योगमा शनिवार साँझ काम गर्ने क्रममा भारत उत्तर प्रदेश निवासी ४५ वर्षीय रमेश कुमार पटेल खसेर घाइते भएका थिए । सिमेन्ट उद्योगको नयाँ निर्माणाधिन भवनको फर्मा बनाउने क्रममा खसी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका पटेलको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन्।