ताजा अपडेट »

बढ्यो सुनको मूल्य

विहीबार, २० माघ २०७८

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएकाे छ । ।