ताजा अपडेट »

मन पर्ने हैन, मन मिल्ने…

बुधबार, १९ माघ २०७८

विवाह
भनेको फरक–फरक रुचि, विचार र पृष्ठभूमि भएका दुई व्यक्तिको मिलन हो । तिनीहरूको काम गर्ने तरिका अनि संस्कृति भिन्ना–भिन्नै हुन सक्छ। श्रीमान–श्रीमतीको सम्बन्ध अन्य सम्बन्ध भन्दा भिन्न हुन्छ । वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी, प्रेम, अपनत्व एवम् भावनात्मक सूत्रको अपेक्षा गर्छ ।त्यसैले हामीलाई जन्मदिने बाआमा पछिको नजिकको निकट सम्बन्ध रहने व्यक्ति भनेको श्रीमान–श्रीमती नै हुन् ।

मानव विकाससँगै परिवारको विकास क्रम शुरु भयो । परिवारको पहिलो रुप नै विवाहमार्फत जोडिने सम्बन्धबाट सिर्जना हुने चलन बस्यो । अनि क्रमशःविवाह परम्पराका रुपमा विकास भयो । सामाजिक सम्बन्ध गाँस्ने एउटा मुख्य सेतु विवाह बन्न पुग्यो । यसो हेरौँ त । हामीसँग नाता–गोता भनि गाँसिएकाहरु अधिकतम विवाहबाट नै सम्बन्धमा जोडिएका हुन्छन् । अहिले आएर विवाहबिना मानव सम्भयता र विकासक्रम असम्भव देखिन थाल्यो ।

पश्चिमा देशहरुमा विवाह व्यक्तिगत विषय हुँदै गएको छ । प्राकृतिक विवाह गर्न व्यक्ति पूर्ण रुपमा स्वतन्त्र छ । विवाह मानिसको आवश्यकता र रुचि बन्न पुगेको छ । विवाह गर्ने वा नगर्ने व्यक्तिगत स्वतन्त्रता बन्न गएको छ । यसको असर क्रमशः नेपालमापनि देखिन थालेको छ । यहाँ पनि विवाह सम्बन्धी अवधारणामा व्यापक परिवर्तन आउँदै गएको छ । तथापि नेपालमा अविवाहित रहनेको संख्या भने कम रहेको पाइन्छ । विवाह सम्बन्धी जे–जस्ता धारणाहरु विकास भएपनि मानिस र अन्य प्राणीमा हुने एउटा मूल फरक भने विवाह हो । अन्य प्राणीहरुले आफ्नो सन्ततीको विकास गर्छन ।

पालनपोषण गर्छन । हुर्काउछन् । त्यस प्राणीलाई उसैको खुट्टामाउभिन सक्ने बनाउँछन् । अनि क्रमशःटाढिन्छन् । यसरी नै जनावर लगायत अन्य प्राणीको विकासक्रम चलिरहेको छ । मानिसमा भने विवाहपश्चात जोइ–पोइसँगै बस्ने परम्परा छ । नेपालको सन्दर्भमा श्रीमती श्रीमानको घरमा जाने संस्कार छ । यसरी समग्रतामा विवाहले श्रीमान–श्रीमतीको मात्रनभएर परिवारसँगको सम्बन्धपनिजोडेको हुन्छ । विवाहपश्चात परिवारको नाता सम्बन्ध क्रमशः फराकिलो बन्दै जान्छ । सानो परिवार क्रमशः बृहद बन्दै जान्छ ।

परम्परागत सोच भएकाकतिपय परिवारमाअझै पनिविवाहपछि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । महिलालाई सन्तानउत्पादनगर्न र केटाको घर धान्न गरीने एक प्रकृयाका रुपमाविवाहलाई लिइन्छ । प्रायः केटा मानिसहरु अर्थोपार्जनमासहभागिहुनेभएकोले घर धान्नकालागिबुहारी भित्राउने भन्ने सोच रहेको पाइन्छ । पुरातनमान्यतामामहिलालाई मेशिनका रुपमाप्रयोग गर्न विवाहगर्ने भन्ने नै थियो । यो मान्यता क्रमशः सुधार हुँदै आएको छ । महिलाहरु पनिशिक्षा, अर्थोपार्जन, जागिर, व्यावसाय, राजनीति, समाजसेवामाहोमीनथालेका छन् । यसले गर्दा विवाहका सन्दर्भमामहिलालाई हेर्ने पुरातन सोच क्रमशःनिष्तेज हुदै गएको छ । निमिट्यान्नहुनत समयलाग्ला ।

अघिनै उल्लेखभइसक्यो किविवाहपवित्र सम्बन्धहो । तथापिविवाहलाई हेर्ने दृटिकोणमा एकरुपतापाइदैन । कतिपयविवाहित र धेरै अविवाहितपुरुषमहिलाहरुले विवाहलाई हल्का रुपमालिएको समेत पाइन्छ । विवाहलाई अनावश्यकबोझभनेर घृणा समेत गरेको सुनिन्छ । कतिपयले विवाहलाई केवलशारीरिक सम्बन्धसँगमात्रै जोडेर हेरेको पाइन्छ । वास्तवमाविवाहलाई बोझवाअन्य अर्थमालिनु अपरिपक्वपनहो ।आमबुझाईका विरुद्ध जाने त्यस्तो सोच हुनेहरु बरु अविवाहित नै रहनु पर्छ । हैन भने विवाहितभइसकेपछि यसलाई समाजको एक अभिन्नअंगका रुपमा सहर्ष स्वीकार गर्नुपर्छ ।

सफल वैवाहिक जीवन कसरी बनाउने ? यो गार्हो विषय हैन। पहिलो कुरा श्रीमान–श्रीमती एक अर्कामा समर्पित हुनुपर्छ । एक अर्काको परिपूरक बन्नु पर्छ। असल साथी बन्न सक्नुपर्छ । एक अर्कालाई बुझ्न सक्नुपर्छ । दुःख–सुखको सहयात्री बन्नु पर्छ । एकले अर्कोलाई उचित सम्मान गर्न सक्नुपर्छ । व्यवहारिक बन्नुपर्छ । हारजित भन्ने चिजले प्रवेश पाउनु हुँदैन। सधैँ विन–विन सिद्धान्तलाई अवलम्वन गर्नुपर्छ । त्यसपछि विश्वासको वातवरण बन्नुपर्छ । उनीहरुका सफलतामा केवल कसैको एक्लो प्रयासले मात्र सम्भव नहुन सक्छ । उच्च पदस्थ पुरुषका श्रीमती गृहिणी हुन सक्छन् ।

त्यसैगरी सफल महिलाका श्रीमानहरु बेकामी हुन सक्छन् । यसो भयो भन्दैमा सफलताको जस एक्लैले मात्र लिनु गलत हुन्छ । सफलता वा असफलतामा दुवै जनाको हात रहेको हुन्छ । परम्परागत रुपमा एउटा सफल पुरुषका पछाडि महिलाको हात रहन्छ भनिन्छ । यो पुरुषवादी साँेच भयो । पितृ सत्ताको एक चित्कार हो । अब यो कहानी बदल्ने बेला भएको छ । आजको दिनमा एउटा सफल जोडीको पछाडि एक अर्काको हात रहेको हुन्छ भन्नु सही हुन्छ । त्यसैले पुरुष महिला एकै रथका दुई पाङ्ग्रा हुन् भन्नु सार्थक होला ।

श्रीमान–श्रीमतीको सम्बन्धलाई हल्का रुपमालिनु हुँदैन । सबै विवाहितहरुले एकपटक गम्भिर भएर सोचौं त । एकछिनलाई मानौँ तपाइँको श्रीमान वा श्रीमतीको असामयिक देहवसान भयो । उसको अभावको आफ्नो जीन्दगी सोच्नुस् । माया ममता र भावनात्मक रुपमा मात्रै हैन । व्यावहारिक रुपमा कल्पना गर्नुस् । उसको तपाइँप्रतिको सहयोग, सहारा। सोच्नुस् त्यस समय उप्रान्त तपाईँ कोसँग आफ्नो मन साट्न सक्नुहुन्छ । साँचो मन कोसँग खोल्न सक्नुहुन्छ । मानिसहरुले सामान्य रुपमा लिन्छन कि अर्को बिहे गरे भैहाल्छ नि । तर, भन्नु र गर्नुमा आकाश पातल कै फरक हुन्छ ।

एउटा व्यक्तिसँगको लामो सामिप्यता, बाल–बच्चा, सामाजिक सम्बन्ध, व्यवहारिक र आर्थिक सम्बन्धहरु त्यसपछि सहज रुपमा अगाडि बढ्न धेरै कठिन हुन्छ । दरार सिर्जना हुन्छ । त्यसैले वैवाहिक सम्बन्ध काबारेमा हल्का टिप्पणी गर्नु अबुझपनको पराकाष्ठा नै हो। त्यसै ग्रिकमिथमा ट्रोजन युद्ध भएको हैन । हेलननामकनारीको विषयलाई लिएर ग्रिक र ट्रोय(हाल टर्की)बीच दश वर्षे घमासान युद्ध भयो । पेरिस नामका ट्रोय राज्यका राजकुमारले ग्रिक(स्पाट्रा)का राजा मेनेलसको श्रीमती हेलेनलाई अपहरण गरी लगे पछिको बदला स्वरुपत्यो युद्ध भएको ठानिन्छ ।

यो युद्धले एउटा वैवाहिकजीवनको महत्व दर्शाउँछ । समर्पण दर्शाउँछ । वैवाहिकसम्बन्धजोड्न जुन संघर्ष गर्नुपर्छ, त्यो भन्दा तोड्न अझ गार्हो बनाउन सक्नु पर्छ । विवाह वरदान हो। यसले मानिसलाई सुखी बनाउन सक्छ । यसो भन्दैमा सधै शेक्सपियरका रोमियो जुलिएटकै जस्तो सम्बन्ध हुन्छ भन्ने हैन । वैवाहिक जीवनमा बेला–बेलामा समस्याहरू आउँदा हामीले अचम्म मान्नुपर्दैन। तर, समस्या आउँदैमा वैवाहिक जीवन असफल भयो भन्न मिल्दैन। कसै–कसैले गम्भीर समस्या आएपनि आफ्नो सम्बन्धलाई सुधारेका छन् र वैवाहिक सम्बन्धलाई अझ बलियो बनाएका छन्।

अतःविवाहको सन्दर्भमा लोग्नेस्वास्नीवाहेकले न सम्बन्ध बिगार्न वा सुधार्न सक्दैन । प्रधान पक्ष आफूहरु दुई जना नै हो ।
हामीलाई कोही राम्रो लाग्छ । कोही मन पर्दैन । विवाहको सवालमा भने मन पर्ने र मन मिल्ने फरक सवाल हुन् । मन पर्ने भन्दा मन मिल्नेसँग बिहे गर्नुपर्छ । मन पर्ने भन्ने शब्दले वाह्य विशेषतालाई जनाउछ । परिस्थिति बदलिँदा वाह्य कुराहरुमा परिवर्तन आउछ । भोलि मन नपर्न सक्ने पनि धेरै सम्भावनाहरु रहन्छन् । तथापि मन मिल्नु भनेको भावनात्मकपक्षहो । मन हतपत बदलिँदैन ।

परिणाम स्वरुप जीवन सफल हुन्छ। सफल वैवाहिक जीवनको अचुक सुत्र यही हो । त्यसैले विवाहलाई सबैले आदरणीय ठानून र वैवाहिक सम्बन्ध नबिटुलिओस् । माघ १९ मा पर्न गएको हाम्रो लगाएत सबै जोडीको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हार्दिक शुभकामना । जसरी विवाह दुई आत्माबीचको पवित्र बन्धन र वर–बधुलाई सात जन्मसम्म संगै राख्ने अचूक अस्त्र ठानिन्छ त्यसरी नै हामी लगाएत सबैको वैवाहिक जीवन जुगौं रहोस् ।