देवदहमा चक्काजाम सफल पारौ लेखिएका पर्चाहरु
कार्तिक १७,
ग्लोबल आवाज
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको १ घन्टे चक्काजाममा बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन । रुपन्देहीकोे देवदह नगरपालिकाको भलुहिको जङ्गल नजिकै सडकमा टायर जलाएर चक्काजाम सफल पारौ भनेर लेखिएका पर्चाहरु फेला परेका छन ।
पूर्व(पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । अन्जान वस्तुका कारण सडक नै अवरुद्ध भएपछि प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा गरिएको छ । यसैबिच कास्कीको पोखरा लेखनाथ तालचोक र आदर्श चोकको बिच सडकमा पनि शकास्पद बस्तुहरु फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया