ताजा अपडेट »

४१ वर्षीय पुरुषको बलात्कारबाट १३ वर्षीया किशोरीले जन्माइन् छोरी

बुधबार, १९ माघ २०७८

बुटवल । बर्दियामा एक जना ४१ वर्षीय पुरुषको बलात्कारबाट १३ वर्षीया बालिका हालै सन्तानकी आमा बनेकी छन् । प्रहरीका अनुसार जिल्लाको ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ मनिराम थारुको बलात्कारबाट ती १३ बर्षीया बलिका माघ १६ गते सन्तान (छोरी)की आमा बनेकी हुन् ।

निज चौधरीले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको र यहि माघ १६ गते उनले एक छोरीको समेत जन्म दिए पछि बलात्कार घटना खुल्न आएको त्यहाँका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उक्त दिन ती किशोरीले छोरी जन्माएको र निज चौथरीले गर्भधारण गराएको खबर पाउन साथ निजलाई पक्राउ गरि निज उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख कार्कीले बताए ।