ताजा अपडेट »

प्रधानमन्त्री ओली अस्पताल भर्ना, आज तेश्रो डायलाइसिस हुँदै

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज (आइतबार) तेस्रो डायलाइसिस हुने भएको छ । त्यसका लागि प्रधानमन्त्री ओली धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

गत बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य जांचको रिपोर्ट आउन बाकी रहेको निजी सचिवालयले जनाएको छ । रिपोर्ट हेरेर नियमित डायलासिस गर्ने कि मिर्गौला प्रत्यारोपण गर्ने भन्ने टुंगो लाग्ने छ।ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराएका थिए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। - केन्द«बिन्दु