काठमाडौं । मोरिसस र नेपालबीचको मैत्रीपूर्ण दोस्रो खेलमा ४ वटा रातो कार्डको प्रयोग भएको छ । मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले रातो कार्ड पाएका हुन् ।
घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।
नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन् । नेपाल १० खेलाडीमा हुँदा मोरिससको टिममा ९ खेलाडी थिए । खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्लले समेत रातो कार्ड पाएका हुन्।
नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भएका हुन् भने मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको थियो । खेलमा म्यान अफ द म्याच किरण गुरुङ बनेका छन्। उनले ७५ हजार रुपैया प्राप्त गरेका छन् । नेपालको जितमा उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपाल १ शून्यले विजयी भएको थियो । शनिबारको खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।
प्रतिक्रिया