ताजा अपडेट »

कृष्णनगरको घटनाप्रति शिवसेनाको खेद,दोषीलाई कारवाही गर्न माग

आइतबार, १७ कार्तिक २०७६


कार्तिक १७,
ग्लोबल आवाज
बुटवल । कृष्णनगरमा भएको हिन्दु र मुस्लीम बीचको झडप र त्यसबाट परेको असरको विषयमा शिवसेना नेपाल ,पाल्पाको ध्यानाकर्षण भएको छ । संगठनले शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै घटनाले धार्मिक सहिष्णुतामा खलल ल्याएको बताउँदै दोषी उपर कारवाहीको माग गरेको छ । अध्यक्ष ओमप्रसाद पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘सदयौं कालदेखि धार्मिक सहिष्णुतामा भाइचाराको सम्बन्ध कायम रहेको हिन्दु–मुस्लिम बीचको सम्बन्धलाई धर्मको नाममा साम्प्रदायिक हिंसा फैलाई आपराधिक मानसिकता बोकेका व्यक्तिहरुको कारणले लक्ष्मीको मूर्ति विर्सजनको विषयमा भएको घनाप्रति खेद प्रकट गर्दछौं ।’ भनिएको छ । साथै संगठनले घटनाको घोर विरोध गर्दै प्रशासनसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्दै दोषीलाई कारवाही गर्न संगठनको जोडदार माग गरेको छ ।

बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।कर्फ्यूको समयमा गोली लागेर कृष्णनगरमा चिया पसल गर्दै आएका भारतीय नागरिक सुरज कुमार पाण्डेको मृत्यु भएको थियो । शुक्रबार दुवै पक्षबीच सहमति भएपछि स्थिति सामान्य बनेको हो ।