ताजा अपडेट »

तीन जिल्लाका बिरामी हेर्ने आँखा उपचार केन्द्र आँफै अँध्यारोमा

सोमबार, १७ माघ २०७८

मुगु । मुगु जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला र जुम्लाबाट आँखा उपचारको एक मात्र केन्द्र मुगुका आँखा अस्पताल जीर्ण बन्दै गएको छ छिमेकी जिलाका सेवाग्राहीलाई आँखा उपचार गर्न सो केन्द्रबाट ठूलो राहत मिलेपनि सेवाग्राही जीर्ण भवनबाट आँखा र काँनको उपचार लिन बाध्य छन् ।

जिल्लामै एउटा आँखा अस्पताल संचालनमा आएकोले जिल्लाका र छिमेकी जिल्लाबाट आउने सेवाग्राही ले पुरानो र जीर्ण भनवबाट सेवा लिँदा डरमान्दै आँखा उपचार गर्नु पर्ने बाध्यता रहेको स्थानीय रत्नबहादुर सेजुवाल ले बताए ।
उनका अनुसार आँखा अस्पताल भवनमा आखाँ उपचार गर्न आउने सेवाग्राहीलाई सार्वजनिक सौचालय को ब्याबस्थापन नहुँदा झाडीमा दिसापिसाब गर्नु परेको छ ।
आँखा अस्पतालका एक जना मात्र इन्चार्ज ध्रुर्बबहादुर बुढथापालले अस्पतालमा दैनिक २० जना भन्दा बढीले आँखा चेकजाँच गर्दै आउनु भएको छ । उहाँ आँखा उपचारको तालिम प्राप्त अहेब हुनुहुन्छ । उहाँका अनुसार आँखा अस्पताल मुगुमा उपकरण सबै प्रकारका भए तापनि भवन जीर्ण भएका कारण कोठाको ब्याबस्थापनमा समस्या भएको इन्चार्ज बुढाथापाले बताए । एकै कोठामा सबै उपकरणको प्रयोग गरिदै आएको छ ।
हिमालय आँखा अस्पताल पोखरा को आर्थिक सहयोगमा आँखा अस्पताल मुगु ६८ साल बाट संचान हुँदै आएको हो । उक्त सहयोगी अस्तपाल पोखराले जिल्ला आँखा अस्पताल मुगुलाई एक जना कर्मचारी र आँखा सम्बन्धि का औषधि लगायत आवस्यकता अनुसारका आँखा चेकजाँजमा प्रयोग हुने उपकरण हरु मा सहयोग गर्दै आएको छ ।

आँखा अस्पताल मुगु मा सबै काम इन्चार्ज ले धान्न नसक्ने भएपछि अस्तपालमा चेकगर्न आउने बिरामीबाट प्रती ब्याक्ति रु पचास का दरले रकम लिइ एक जना कार्यालय सहयोगी कर्मचारी को ब्याबस्थापन गरिएको छ ।(हरिकृष्ण ऐडि गोरखा पत्र