काठमाण्डौं । पूर्व मिस यूएस चेस्ली क्रिस्टले ३० वर्षको उमेर आत्महत्या गरेकी छन् । उनले म्यानहट्टनस्थित भवनको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको न्युयोर्क नगर प्रहरीले जानकारी दिएको छ ।
उनले सन् २०१९ मा ‘मिस युएसए’ को ताज जितेकी थिइन् । सिएनएनका अनुसार उनका परिवार उनको मृत्युले शोकमा डुबेको छ । परिवारले उनको मृत्युपछि उनको यादमा शोक मन्तव्य जारी गरेको छ ।
क्रिस्टाले मृत्युअघि इन्स्टाग्राममा एउटा पोस्ट् गर्दै लेखेकी थिइन्, ‘यो दिनले तिमीलाई आराम र शान्ति देओस् ।’ क्रिस्टाले दुई वटा युनिभर्सिटीबाट तीनवटा डिग्री हासिल गरेकी छन् । उनले पछिल्लो समय अमेरिकाको कानुन परिवर्तन गर्नुपर्ने माग गर्दै आएकी छन् । -एजेन्सी
प्रतिक्रिया