गुल्मी । गुल्मीको वामीमा आइतबार बर्थिङ्ग सेन्टर उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका–८ को वामी मैदान आधारभुत स्वास्थ्य केन्द्र मातहतमा निर्माण गरिएको वर्थिङ्ग सेन्टरको आईतबार त्यहाँका मेयर सोमनाथ सापकोटा र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले एक समारोहका बीच उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै मेयर सापकोटाले जनताको स्वास्थ्यमा सहज पहुँच पुराउनका लागि नगरपालिकाले पहिलो प्राथामिकताका साथ काम गरेको बताएका थिए । उनले सहिद दिवसको अवसर पारेर वर्थिङ्ग सेन्टर उद्घाटन गरिएको बताउँदै ९ वटा वडा मध्ये वामी मैदान सहित ७ वटामा वर्थिङ्ग सेन्टर सञ्चालनमा आएको बताएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत भुसालले उक्त वर्थिङ्ग सेन्टर ५ लाख लागतमा सम्पन्न भएको जानकारी दिएका थिए । कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले , कार्यपालिका सदस्य सत्यकुमारी जिसी, स्वास्थ्य संयोजक डिबि जिसी , स्थानीय समाज सेवी ज्ञानहरि सापकोटा नेकपा एमालेका नेता अग्नीधर लोहनी , कांग्रेस नेता भिमसेन केसी, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष गोविन्द बिक लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वडा नम्वर ८ का वडाध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा वामि मैदान आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज जीवन रसमइलीको स्वागत मन्तब्य र मुसिकोट नगरपालिका सुचना प्रविधि अधिकृत समुन्द्र रायमाझीको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया