ताजा अपडेट »

नाडालले जिते २१ औं ग्राण्डस्लाम

आइतबार, १६ माघ २०७८

काठमाडौं ।  स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । 

नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । 

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४  ७-५ को जीत दर्ता गरे । 
यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए । 

तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे । - एजेन्सी