भैरहवा । सार्वजनिक लेखा समितिका अध्यक्ष भरत कुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाएका छन् ।पोर्ट मिडिया प्रालीद्वारा आईतबार भैरहवामा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै शाहले अख्तियारले आफुले मन लाएको मुद्दा चलाउने र मन नलाएको नचलाउने र यो ठिक नभएको जिकिर गरे । “हामीले पठाएको बनको मुद्दा चलाईदियो वाईडबडीको चलाई दिएन ।” शाहले भने “हामीहरुले धेरै छानविन गरे पठाएका हुन्छौं, कुनै न कुनै त्रुटि नभई हामीले पठाएको हुदैनौ तर उनिहरुले मन लाएकोलाई कार्यवाही गर्छन, नलाएकोलाई गर्दैनन् ।”
सार्वजनिक लेखा समिति भनेको ऐनद्वारा नै परिकल्पना गरिएको संसदको समिति भएको र यसले मसिने गरि छानविन गरेर मात्रै कार्यवाहीको लागि अख्तियारलाई पठाउने गरको बताए । पूर्व अर्थराज्य मन्त्री समेत रहेका शाहले नेपालमा तरलता अभाव भए पनि अन्य देश जस्तो अति कठिन परिस्थितिमा भने नरहेको बताए । एशियामै सबै भन्दा बढी कर नेपाल उठाउने गरेको बताउदै शाहले नेपालमा करिब ३–४ महिना पुग्ने बिदेशी मुद्रा पनि रहेकोले केही समस्या समाधान गरेको बताए । स्थानिय तहहरुले पनि अब बिकास निर्माणका काम गर्न पूजिंगत खर्च गर्ने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हटेर जाने उनले विश्वास ब्यक्त गरे ।
रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य समेत रहेका भरत कुमार शाहले चुनाव सम्म गठबन्धन रहे पनि चुनावमा केन्द्रिय तहबाटै गठबन्धन नहुने स्पष्ट पारेका छन् । उनले पार्टीमा पनि सोही अनुसारको छलफल भै रहेको बताए । “केन्द्रिय रुपमै गठबन्धन नभए पनि स्थानिय स्तरमा भने आवश्यकता अनुसार गठबन्धन गरेर अगाडी बढ्न सकिने छ ।” शाहले भने
शाहले ट्रंकलाईन प्रयोग गरेका उद्योगहरुले तिर्न बाँक रहेको करिब ८ अर्ब बिद्युत महशुल पनि असुल गर्न बिद्युत प्राधिकरणलाई पत्राचार गरि सकेको जानकारी दिए । पोर्ट मिडिया प्रालीका सञ्चालक मानोरन्जन शर्माले सन्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, नेपाल–भारत विश्व मैत्री मञ्चका अध्यक्ष सिद्धार्थ अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया