ताजा अपडेट »

चिसो चौरकी गर्भवती महिला एक संस्थाको संरक्षणमा

आइतबार, १६ माघ २०७८

गुल्मी । गत बिहिवार विहान गुल्मीको सदरमुकाम तम्घासको चिदिचौर स्थित चिसो भुँईमा लडेकी एक गर्भवती महिलाको समाचार ग्लोवल आवाजबाट बाहिरिए लगत्तै गुल्मीको एक संस्थाले उनलाई संरक्षण दिँदै आएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ झिर्नेटा माइती घर भएकी ३२ वर्षीया दशा नेपाली (नाम परिर्वन) स्थानीय एक जना क्षेत्री थरको पुरुषको अवैध सम्वन्धबाट ९ महिनाको गर्भधारण गरेको बताउँछिन् । तर ती पुरुषले अहिले मेरो गर्भ होईन भन्न थाले पछि उनी छिमेकीहरुको सहयोगमा उनी न्याय माग्न सदरमुकाम आएकी हुन् ।

उनलाई सदरमुकाम तम्घासको अमरकल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाछ सञ्चालित महिला सामुदायिक सेवा केन्द्रले गत विहीवारदेखि संरक्षण दिदै आएको हो । अमरकल्याण महिला विकास बहुउद्देस्यीय सहकारी सस्थाकी ब्यवस्थापक अञ्जु पन्थीले उनको न्यायको पक्षमा संस्थाले प्रहरी प्रशसन संग समन्व्य गरि उनको न्यायको पक्षमा सहजिकरण थालेको बताईन् ।

महिला सामुदायिक सेवा केन्द्रकी सहजकर्ता माया बरालले गत विहिवार देखि ती महिलाको खान बस्नको ब्यवह्थिा मिलाउनुका साथै उनको निरन्तर स्यहार–सुसारमा खटिरहेकी छन् । प्राप्त जानकारी अनुसार केहि वेर अघि मात्र त्यस सामुदायिक महिला सेवा केन्द्रले आरोपित पुरुषलाई बोलाएर छलफल थालेको छ ।

महिनाबारी रोकिए पछि तिनै पुरुषले ती महिलालाई स्वास्थ्य परिक्षण गराई गर्भधारण गराएको खुलेको थियो । स्थानीय समाज सेवी डोलबहादुर नेपालीले उनलाई यस अघि दुई जना पुरुषहरुले धोका दिए पछि उनि माईतीको शरणमा बस्दै आएको बताए । ‘माईती घर पनि भन्नु मात्रै छ । सम्पत्तीका नाममा सानो एउटा झुपडी छ । बृद्ध बाबु आमा बिरामी परेर अर्कैको आश गर्ने अवस्थाका छन् ’– नेपालीले भने यी महिलाले अरु कहाँ काम गर्दै ज्यान पाल्दै आएको अवस्थामा अहिले थप विचल्लीमा परेकी छन् । ’

उनका अनुसार ती पुरुषले सुरु सुरुमा मेरै गर्भ हो भन्दै हिडे पनि अहिले छिमेक र दर–दाजु भाईहरुले जात नमिल्ने महिला भएकोले मेरो होईन भन भन्न लगाएर उचालेका छन् । उनका पुर्व पति तर्फका तिन सन्तान १०/११ बर्षकै उमेरमा बुटवलका होटलहरुमा जुठा भाँडा माझेर ज्यान पालिरहेका छन् ।