भैरहवा । भैरहवाका बिभिन्न विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरुलाई भोलीदेखी खोप दिईने भएको छ । भैरहवामा १२ देखी १७ बर्ष उमेरसम्मका विद्यार्थीहरुलाई ३ दिनमा २७ वटा खोप केन्द्रबाट खोप दिईदैँछ ।
सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचना अनुसार तोकिएको २७ वटा खोप केन्द्र बाहेक अन्य मदरसा र आधारभूत बिद्यालयहरुमा १२ देखी १७ वर्षसम्मका बिद्यार्थी भए आफ्नै वडाको खोप केन्द्र बिद्यालयमा गएर खोप लगाउन सक्ने उल्लेख छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पालिकाका स्वास्थ्य केन्द्रहरुले माग गरे जतिको खोप पठाईएको जनाएका छन् । उनले २ सय भन्दा बढी लक्षित बिद्यार्थीहरुको संख्या रहेको बिद्यालयमै खोप केन्द्र तोकिएको र सम्बन्धित पालिकाको स्वास्थ्य तथा शिक्षा शाखाको समन्वयमा खोप लगाइने बताए ।
भैरहवाका यी बिद्यालयहरुमा लाग्दैछ खोप
प्रतिक्रिया