ताजा अपडेट »

रुपन्देही क्रिकेट संघले आफ्नै एकेडेमी चलाउने

शनिबार, १५ माघ २०७८


भैरहवा । रुपन्देही क्रिकेट संघले जिल्लामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित आफ्नै एकेडेमी सञ्चालन गर्ने भएको छ ।

शनिबार बसेको रुपन्देही क्रिकेट संघको पहिलो बैठकले जिल्लाका आर्थिक अवश्था कमजोर भएका र महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित “रुपन्देही क्रिकेट एकेडेमी” सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ । रुपन्देहीको भैरहवा, बुटवल, मणिग्राम लगायतमा क्रिकेट एकेडेमी सञ्चालनमा रहे पनि अब रुपन्देही क्रिकेट संघले पनि प्रदेश सरकारको सहयोगमा आफ्नै एकेडेमी सञ्चालन गर्ने जनाएको हो ।

“सक्ने संग न्यून शुल्क लिनेछौं नसक्नेको लागी अवश्था हेरी त्यो पनि निशुल्क गर्नेछौं ।” रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गले भने ले भने “महिलाको हकमा भने यो सुविधा पूर्ण रुपमा निशुल्क रहनेछ ।”
सिद्धार्थ रंगशालामा खेलको लागी मैदान उपलब्ध रहे पनि यहा प्रशिक्षणको ब्यवस्था थिएन । अब मैदानकै एक छेउमा प्रशिक्षको ब्यवस्था समेत रहने सचिव गुरुङ्गले बताए । उनले यसको लागी क्रिकेटर बसन्त शाहीको नेतृत्वमा समिति पनि गठन भएको बताए ।

यस्तै बैठकले माघो २७ गते देखी जेबी स्पोर्टस प्रेसिडेन्ट कपको आयोजना गरिने गुरुङ्गले जनाए । यस संगै रुपन्देहीमा नयाँ कार्यसमितिको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु गरिदैछ । यद्दपी संघले क्रिकेट क्यालेण्डर नै प्रकाशित नगरेको बताएको छ । प्रतियोगितामा सेतो ड्रेसमा रातो बलले खेल हुने छ ।

संघले फागुन ७ गते देखी करिब १ महिना सञ्चालन हुने गरि रुपन्देही सुपर लिग पनि गर्ने भएको छ । यो लिग २०५४ साल देखी गरिदै आएको रुपन्देही सुपर लिगको निरन्तरता भएको संघको भनाई छ । प्रतियोगितामा बि डिभिजनका ४ वटा टिमलाई प्रतिष्प्रर्धाको आधारमा ए डिभिजन मा लैजाने र ए डिभिजिनका पहिलेका ८ सहित १२ टिमले लिग म्याच खैलने छन् ।

लिगको अन्तिममा पुछारमा रहेका ए डिभिजनको ४ टिम बि डिभिजनमा घटुवा गरिने छ । ५० ओभरको म्याच रहेको यो लिग नेपालकै उत्कृष्ट प्रतियोगिता मध्येको एक रहेको संघको भनाई छ ।
रुपन्देही क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष हरि थापाले क्रिकेटको बिकासको लागी सबैको सहकार्यमा अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले आफु पनि पूर्व राष्ट्रिय खेलाडी रहेको कारण क्रिकेटको विकासको लागी सर्वोत्कृष्ट प्रयास गर्ने बताए ।