ताजा अपडेट »

२३ सदस्यीय यू-१९ टोलीको घोषणा

शनिबार, १६ कार्तिक २०७६

नेपाल यू -१९ फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले एएफसी यु-१९ च्याम्पियनसिप २०२० छनोटका लागि २३ सदस्य टोलीको घोषणा गरेका छन्।गोलकिपर सूर्य अधिकारी, मिडफिल्डर सिशिर लेखी, नितिन थापा र फरवार्ड ब्रिजेस चौधरी अन्तिम टोलीमा परेनन्। आगामी नोभेम्बर ६ बाट इरानमा सुरु हुने छनोटका लागि नेपाल समूह ‘डी’मा रहेको छ। २०२० मा हुने च्याम्पियनसिपमा छनोटका लागि नेपालले समूह ‘डी’मा युएई, इरान र किर्गिस्तानसँग खेल्ने छ।

२३ सदस्यीय नेपाली टोली

गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना

रक्षक : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नबिन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय जुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेम्जान

फरवार्ड : मनिस डाँगी, राजिव लोप्चान, रेजिन सुब्बा, दिपेश आले मगर