ताजा अपडेट »

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

शुक्रबार, १४ माघ २०७८

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४  हजार ८५८ जना पुगेको छ। यस्तै, आज थप ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४२ हजार २३६ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ८४१ रहेको छ ।