कुनै विषय वा वस्तुुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । जसले ब्रहाण्डका बारेमा परीक्षणयोग्य व्याख्या र भविष्यवाणीहरुको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँदछ । सत्य कुराको खोजि गर्नु नै विज्ञान शिक्षाको मुख्य उद्देश्य हो । विज्ञान शिक्षा आँफैमा यर्थाथपरक रोचक तथा तथ्ययुक्त शिक्षा हो ।
विज्ञानका क्षेत्रमा रुची राख्ने जुनसुकै व्यक्तिले आफ्नो प्रत्यक्ष सहभागिताबाट ज्ञान, अनुभव र सीपआर्जन गर्दछ । वर्तमान समयमा विज्ञान र प्राविधिक क्षेत्रमा युगान्तकारी परिवर्तन आएको कारणले मानिसको दैनिकी निकै नै सरल भएको छ । विज्ञान शिक्षामाभएको विकास र यसका क्षेत्रमागरिएकानयाँनयाँखोज अनुसन्धानले गर्दा आज विश्व एउटा सानो चिप्समा सिमित भएको छ । खासगरी विश्व विज्ञान शिक्षाले Nanotechnology, Nuclear Energy, Astronomy र Medical Field मा व्यापक प्रगती गरिरहेको वर्तमान विश्व इतिहासमा नेपालको विज्ञान शिक्षाले आसातित गतिमा परिवर्तन र सुधारका संकेत प्रदान गर्न सकिरहेको छैन् ।
नेपालको विज्ञान शिक्षाको इतिहास सन् १९१८ मात्रिचन्द्र कलेजको स्थापना भएपछि मात्रै औपचारिक रुपमा सुरुवातभएको मानिन्छ । विज्ञान शिक्षा सुरुवात भएको एक शताब्दी पूरा भएतापनिअहिले देशका अधिकांश विद्यालय तथा कलेजहरुमा स्तरीय प्रयोगशाला, दक्ष जनशक्ति तथा पाठ्य पुस्तकको अभाव रहेको छ । सन् १९६५ देखि त्रिभुवन विश्वविद्यालयबाट Natural Science df Physics, Chemistry, Zoology / Botany जस्ता विषयको अध्यापन सुरुवातगरिएको हो । वर्तमान समयमा उल्लेखित विषयहरु माध्यमिक तहको कक्षा ११ र १२ देखि नै पठन–पाठन गर्ने गरिएको छ । त्यसैगरी शहरका कतिपय सुविधा सम्पन्न सामुदायिकतथा संस्थागत विद्यालयले कक्षा ९ र १० मा अतिरिक्त विषयको रुपमा विज्ञान विषयलाई पठन पाठन गराउने गरेका छन्। जसको कारणले गर्दा सिकारुहरुले आधारभूत कुराहरुमा यसै तहमा बुझेर स्नातक तहमा प्राविधिक धारका शिक्षामा जान सक्षम भएका छन् ।
विज्ञान शिक्षाका लागि काठमाण्डौँ मात्रै सक्षम छ भन्ने कुरालाई वर्तमान समयमाउचितमानिदैन किनकीउपत्यकाबाहिरकाथुप्रै शिक्षण सस्थाहरुले अहिले गुणस्तरीय शिक्षाप्रदानगरिरहेका छन् । केही समय अगाडी विद्यालयतहको विज्ञान शिक्षमा सामुदायिकविद्यालयहरु अब्बल छैनभन्ने आरोप लगाउने गरिएको भएतापनिवर्तमान समयमा देशका सामुदयिकविद्यालयको शैक्षिकउन्नतीगरिरहेका छन । जसको उदाहरणका रुपमा पछिल्लो समयमाविश्वविद्यालयहरुले लिने प्राविधिकधारकाप्रवेश परिक्षमा सफलताप्राप्तगर्नेहरुको संख्याले प्रमाणित गरिरहेका छन् । ढिलो भएपनि सरकारको शिक्षानीतिले विज्ञान शिक्षामालगानीनगरीकन देशमा समृद्धि स्थापना र दीगोरुपमाकायम राख्न सकिदैन भन्न्ो सोचको विकास भएकोले यसमा सुधार हँुदै आएको छ ।
देशको सम्रग क्षेत्रकालागिआवश्यक पर्ने जनशक्ति शिक्षा क्षेत्रको विकास र बिस्तारबाट मात्रै प्राप्ति गर्न सम्भव रहन्छ । यसमा पनि विज्ञान शिक्षाको महत्वपूर्ण स्थान रहेको हुन्छ । यद्धपी सन् २०१९ को अन्त्यबाट सुरुवातभएको विश्वव्यापी कोभिड महामारीका कारणले यो शिक्षाको गतिशिल यात्रामा स्थिरता आएको छ। विश्वका विकसित मुलुकहरुले विज्ञान र प्रविधिका क्षेत्रमा उल्लेख्य उपलब्धि हाशिल गरेको कारणले गर्दा उनिहरुको शिक्षा क्षेत्रमा तुलनात्मक रुपमा कम प्रभाव परेको छ । तथापी नेपाल जस्तो विकासोन्मुख देशमा सामान्य प्रकृतिका शिक्षा क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको छ । विज्ञान शिक्षाका क्षेत्रमा वैकल्पिक शिक्षा पद्धती नाजुक अवस्थामा रहेको छ ।
विज्ञान शिक्षा आँफैमा प्रयोगात्मक पद्धतीबाट सिक्ने सिकाउने विषयहो । जुन सामान्यअवस्थामा समेत उचितवातावरण नपाएको नेपालको विज्ञान शिक्षाकोभिडका कारणले थला परेको छ ।कोभिडका कारणले गर्दा माध्यमिकशिक्षा परीक्षमाआन्तरिक मूल्यांकन पद्धपी अपनाएको कारणले गर्दा रहर र परिवारको दबावमाकक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न भर्ना हुने र बीचमाविद्यालय छोड्ने प्रवृती पछिल्लो समयमा बढ्दो गतिमा रहेको छ ।
नेपालको विज्ञान शिक्षा शिक्षण पद्धती अहिले पनि परम्परागत शैलीबाट नै हुने गरेको छ । विद्यालय तथा विश्वविद्यालयका विज्ञान विषयका कक्षाहरुमा तुलनात्मक रुपमा शिक्षक नै बढी सक्रिय हुने अभ्यास रहेको छ । जसका कारणले गर्दा नेपाली विज्ञानका विद्यार्थीहरु विश्वका सबै वैज्ञानिक प्रतिष्पर्धामा भाग लिन सकिरहेका छैनन् । विज्ञान विषयको अध्ययनका लागि गणित विषयका अलावा अङग्रेजी विषयमा समेत दक्ष हुनु पर्ने भएकोले यो विषयमा मध्यस्तरको दिमाग भएको विद्यार्थीले भागलिन सकिरहेका छैनन् ।
नेपालको शैक्षिक इतिहास मावि. स. २०२८ सालको शिक्षा आयोगले विज्ञान तथा प्राविधिक शिक्षाको आवश्यकता महशुस गरेको भएता पनि त्यसको व्यवहारिक प्रयोग २०७८ मा समेत पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन । जसले गर्दा देश निर्माण लागि आवश्यक पर्ने सबै प्रकारका जनशक्ति देशले प्राप्त गर्न सकिरहेको छैन।
प्रतिक्रिया