ताजा अपडेट »

स्वास्थ्यकर्मी संक्रमित भएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

विहीबार, १३ माघ २०७८


जाजरकोट । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए  ।

केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले १२माघदेखि अर्काे सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।