ताजा अपडेट »

नेपाल आयल निगमलाई सम्मान

बुधबार, १२ माघ २०७८

काठमाडौं । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा नेपाल आयल निगम सम्मानित भएको हो ।

यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो ।