ताजा अपडेट »

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजय

बुधबार, १२ माघ २०७८

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

मतपरिणाममा गठबन्धनका उम्मेदवारले  ४३७४  मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।

मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।